१४ बैशाख २०८१, शुक्रबार 1714184713
Uncategorized

संसद भित्र एमालेको नाराबाजी, बाहिर एमसीसीकाे विराेधमा प्रदर्शन

काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहनुभएको छ  । 

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गर्नुभएको थियो । 

मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि एमाले सांसदहरले नाराबाजी गर्नुभएको हो । 

संसद् बाहिर भने अमेरिकी सहयोग  मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा प्रदर्शन भइरहेको छ । एमसीसी संसदबाट पारित नगर्न भन्दै विरोध प्रदर्शन भएको हो  । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।