२९ बैशाख २०८१, शनिबार 1715435420
Banner

नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी, ४ जनाले आजै मन्त्रीको शपथ लिने तयारी

काठमाडौं – कांग्रेसबाहेक नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताको बैठक बालुवाटारमा बसेको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकले नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेको बताइएको छ । यो बैठकले नयाँ गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरेको छ ।

बैठकमा एमालेबाट अध्यक्ष केपी ओली महासचिव शंकर पोखरेल तथा नेता विष्णु पौडेल सहभागी छन् । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ र वर्षमान पुन तथा रास्वपाबाट सभापति रवि लामिछाने सहभागी भएका छन् । आजको बैठकले पहिलो चरणमा ४ जनालाई मन्त्रीका रुपमा शपथ गराउने तयारी गरेको छ । पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ । आज उनीहरूलाई विना विभागीय मन्त्रीका रूपमा शपथ गराउने तयारी छ ।