६ जेष्ठ २०८१, आईतवार 1716137403
राजनीति

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित भएको छ । संसद सचिवालयले आज एक सूचना टास गरी विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि स्थगित गरिएको जनाएको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो भने प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।