१८ बैशाख २०८१, मंगलवार 1714470013
Banner

इजरायली हमलामा दक्षिणी लेबनानमा तीन जनाको मृत्यु

एजेन्सी । दक्षिणी लेबनानमा एउटा नागरिक कारमा शनिबार गरिएको इजरायली हमलामा तीन जना हेजबुल्लाह लडाकुको मृत्यु भएको छ भने एक जना नागरिक सुरक्षा सदस्य घाइते भएका छन् । इजरायली ड्रोनले टायर सिटीको छेउमा रहेको नाकोरास्थित अन्तरराष्ट्रिय समुद्री मार्गमा चलिरहेको एउटा नागरिक कारमा मिसाइल प्रहार गरेको थियो।

सिभिल डिफेन्सको आधिकारिक स्रोतले सिन्ह्वालाई बताएअनुसार सिभिल डिफेन्स र लेबनानी रेडक्रसका गाडी आगो निभाउन र घाइतेलाई अस्पतालमा पु¥याउन घटनास्थलमा पुगेका थिए । इजरायलले सीमा क्षेत्रको पश्चिमी र मध्य क्षेत्रका तीन वटा शहर र गाउँमा पाँच वटा आक्रमण गरेको छ भने पूर्वी र पश्चिमी क्षेत्रका आठ वटा शहर र गाउँहरूमा ३० वटा गोला प्रहार गरिएको छ । लेबनान–इजरायल सीमा क्षेत्रमा सन् २०२३ अक्टोबर ८ देखि तनाव बढेको छ । यसैबीच लेबनानी सशस्त्र समूह हिजबुल्लाहले हमासको आक्रमणको समर्थनमा इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेपछि इजरायलले पनि दक्षिणपूर्वी क्षेत्रमा जवाफी कारबाहीका रूपमा व्यापक तोप प्रहार गरेको छ ।

हिजबुल्लाह र इजरायलबीचको भीडन्तले लेबनानी पक्षका दुई सय २६ जना हिजबुल्लाह सदस्य र ६१ जना नागरिकसहित तीस सय ३२ जनाको मृत्यु भएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।