३ जेष्ठ २०८१, बिहीबार 1715898295
Banner

क्यानडा ११ माथि नेपाल ए २ विकेटले विजयी

काठमाडौं– नेपाल ए ले क्यानडा ११ लाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए । बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा ११ ले ४९।५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।