३१ बैशाख २०८१, सोमबार 1715661834
Banner

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि बस्र्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । नेकपा (एमाले) केन्द्रिय कमिटीको बैठक आज बस्र्दै छ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ । एमालेले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिनुभयो । उहाँका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नुहुनेछ । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।