१४ बैशाख २०८१, शुक्रबार 1714124410
Banner

तालमेलमा सहमति जुट्न नसकेपछि गठबन्धनले लियो ४ वैशाखसम्मको समय

काठमाडौं । आज तालमेलको टुंगो लगाउने भनेको सत्तारुढ पाँच दलीय गठबन्धनले वैशाख ४ गतेभित्र मात्रै उम्मेदवारको टुंगो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले वैशाख ४ भित्र गठबन्धन र उम्मेदवारको टुंगो लगाउन स्थानीय तहलाई निर्देशन दिने कुरामा सहमति जनाएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताउनुभयो । “बैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउ भनेर स्थानीय तहलाई निर्देशन दिने भन्ने कुरा भयो,” उहाँले भन्नुभयो ।