३० बैशाख २०८१, आईतवार 1715494486
Banner

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग उपप्रमुख सुन नेपालमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुग्नुभएको छ । उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुग्नुभएको हो ।

सुनलाई माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साहले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । सुनले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम छ ।

यस्तै, भोलि (शनिबार) बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने र साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उहाँ आइतबार ९ देखि ११ बजेसम्म सोल्टि होटलमा हुने एउटा कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि आईतबार ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ ।