१५ बैशाख २०८१, शनिबार 1714262431
Banner

सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलनमा

काठमाडौं । ​​​​​​​न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा सडकमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले आजबाट सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो । महानगरपालिकाले काठमाडौं टावरमा निशुल्क पार्किङको व्यवस्था मिलाएको छ ।

यसैबीच न्यूरोडका व्यापारीले महानगरको निर्णयको विरोध गर्दै सटर बन्द गरेका छन् ।

सवारीसाधन पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर नै बन्द गरेर विरोध गरेका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।