१५ बैशाख २०८१, शनिबार 1714248643
Banner

आजदेखी न्यूरोड क्षेत्रको सडकमा सवारी पार्किङ् गर्न नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा निस्शुल्क पार्किङ्को सुविधा उपलब्ध गराइनेछ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।

तयारीका विषयमा जानकारी गराउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘भोलिदेखि पार्किङ् निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’

उहाँकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरिनेछ ।

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन गरिसकिएको छ ।