१४ बैशाख २०८१, शुक्रबार 1714172091
अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ परेकी छन्। नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जाँच गर्ने क्रममा उनको झोलामा एक थान गोली फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।