३१ बैशाख २०८१, सोमबार 1715631449
Banner

सरकारले उखुको मुल्य तोक्यो, प्रतिक्विन्टल ६३५ रुपैयाँ

काठमाडौं । सरकारले यस वर्षको उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ तोकेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल) ले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ मुल्य तोकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘उखुको खरिद मुल्यतोक्न ढिला भएको थियो। आज सरकारले ६ सय ३५ रुपैयाँ मुल्य कायम हुने गरी समर्थन मूल्य तोकेको छ,’ उनले भनिन्। उनका अनुसार आजको बैठक मन्त्रिपरिषद्को नयाँ हलको उद्घाटन प्रयोजनको निम्ति बसेको थियो।