२०७९ आश्विन १६ आईतवार 1664757914
Uncategorized

प्रधानमन्त्री देउवा आज धरान जाँदै, धरानमा सार्वजनिक बिदा

प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार बिहान धरान जाँदैछन् ।

‘धरान डे’ मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम छ ।

देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कूलमा हुने कार्यक्रम सहभागी हुनेछन् । दिवसका अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

देउवाले नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि उद्घाटन गर्ने कार्यक्रम पनि छ । त्यसबाहेक धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्र र धरान-१२ स्थित प्राविधिक शिक्षालय भवनको उद्घाटन तथा धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकनकाे कार्यक्रम पनि तय भएकाे छ ।