६ जेष्ठ २०८१, आईतवार 1716098214
Banner

जनकपुर प्रादेशिक अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु

काठमाडौं । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु भएको छ ।

सुत्केरी गराउन गएकी ती महिलाको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टरको लापवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

शल्यक्रियाका लागि महोत्तरीको मटिहानीका हासिम राइनकी श्रीमती अस्पताल गएकी थिइन् । बच्चा (छोरा) भने सुरक्षित रहेको बुझिएको छ ।

शुक्रवार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य रह्यो । आज विहान उनको मृत्यु भएको छ । उनको मृत्युको विषयलाई लिएर अहिले अस्पताल तनावग्रस्त बनेको छ । मृतकका देबर मोहमद साकिर राइनले चिकित्सकले गलत ढंगले शल्यक्रिया गरेकाले भाउजुको मृत्यु भएको आरोप लगाए ।