६ जेष्ठ २०८१, आईतवार 1716105771
Banner

नेपाल सुपर लिको पहिलो खेलमा पोखरा विजयी

काठमाडौं । नेपाल सुपर लि (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबा त्वामले गोल गरेसँगै पोखरा विजयी हुन सफल भएको हो ।

खेलका क्रममा पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको छ । जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ । म्यान अफ दि म्याच पोखराका दिनेश राजवंशी भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।