६ जेष्ठ २०८१, आईतवार 1716156872
Banner

हस्पिटलमा बालक मृत्यु प्रकरण : प्रहरीकै रोबहरमा मिलापत्र भएको खुलासा

काठमाडौं । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण प्रहरीकै रोहबरमा मिलापत्र भएको खुलासा भएको छ ।

बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएको थियो ।

सो घटनामा प्रहरीकै रोबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको खुलासा भएको हो । यसअघि मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै आएको थियो । साथै, मृतकका आफन्तले घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेका थिए ।