१४ बैशाख २०८१, शुक्रबार 1714137918
Banner

सत्ता गठबन्धनको बैठक सम्पन्न, संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार बालुबाटारमा बसेको गठबन्धनमा आवद्ध दलहरुका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादींका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । आजको बैठक अनौपचारिक हो । हामीले रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिले निर्वाचनका सन्दर्भमा संयुक्त विज्ञप्ति जारी गर्नेबारे कुरा गर्यौंँ,” उहाँले भन्नुभयो ।
बैठकमा चुनावी तालमेलबारे सैद्धान्तिक छलफल भएको बुझिएको छ ।