२८ बैशाख २०८१, शुक्रबार 1715380729
Banner

फिफा विश्वकप छनोटमा आज नेपाल युएईसँग खेल्दै

काठमाडौँ–फिफा विश्वकप छनोटअन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ। युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्ने भएको हो ।

दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन् । फिफा वरीयतामा युएई ६९औँ स्थानमा छ । युएई समूहको सबैभन्दा बलियो टिम हो । बहराइन ८३औँ र यमन १५६औँ स्थानमा रहँदा नेपाल १७३औँ स्थानमा छ।

नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ।नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ।

पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो।