१४ बैशाख २०८१, शुक्रबार 1714113303
Banner

आजदेखि अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रममा सञ्चालन

काठमाडौं । सरकारले आजदेखि अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रममा सञ्चालन गर्दै छ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै राष्ट्रिय खोप अभियानको सुरुवात गर्नुभएको थियो । शुक्रबारदेखि भने देशभरका बालबालिकालाई खोप लगाइने छ।

आगामी वैशाख १८ सम्म आयोजना हुने यस अभियानले १५ महिनादेखि १५ वर्षका करिब ७५ लाख बालबालिका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको विश्वास छ। बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ। साथसाथै यस अभियानले बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ।

देशभरिका ग्रामीण र शहरी क्षेत्रहरूमा ५० हजार भन्दा बढि विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइनेछ। अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिनेछ जसले गर्दा १५ महिनाका बालबालिकाले नियमित यो खोप प्राप्त गर्नेछन्।

टाइफाइडबाट अधिक प्रभावित मुलुकहरुको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ। टाइफाइड खोपको देशब्यापी सुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले निःशुल्क रुपमा यो खोप प्राप्त गर्नेछन्।

यस टाइफाइड खोप अभियानले १५ देखि २३ महिनाका बालबालिकाले अन्य खोप पनि पाए नपाएको निर्क्यौल गर्नेछ र सबै बालबालिका सबै प्रकारको खोप पाई सुरक्षित रहुन् भनि सुनिश्चित गर्न पनि मद्दत पुर्‍याउनेछ।