१८ जेष्ठ २०८०, बिहीबार 1685620517
Banner

आजदेखि आचारसंहिता जारी गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।

दलहरूबाट आचारसंहितामा प्रतिबद्धता लिएपछि आयोगले आचारसंहितालाई कार्यान्वयन गर्न लागू गर्ने तयारी गरेको हो ।

‘आयोगले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा राजनीतिक दलहरूसँग प्रतिबद्धता मागिसकेको छ, अब आजभोलि नै आचारसंहिता लागू हुन्छ,’ आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भन्नुभयो । उहाँले दलहरुसँगको प्रतिबद्धता सकिएपछि सम्भवत आजै पत्रकार सम्मेलन गरेर रातीदेखि आचारसंहिता लगाउने तयारी भइरहेको बताउनुभयो ।