५ जेष्ठ २०८१, शनिबार 1716083042
Banner

जाजरकोटमा आजपनि भूकम्पको धक्का

काठमाडौँ–जाजरकोटमा फेरि भूकम्पको धक्का गएको छ ।

बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएयता निरन्तर परकम्प गइरहेको छ ।