१५ बैशाख २०८१, शनिबार 1714206291
अर्थ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ५०० र चाँदीको १० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ। बुधवार प्रतितोला ९८ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ बिहीवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रूपैयाँ कायम गरिएको छ। अघिल्लो दिन ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेको छ। बुधवार एक हजार ३३५ रूपैयाँमा करोबार भएको चाँदीको मूल्य बिहीवार एक हजार ३४५ रूपैयाँ तोकिएको छ।