२९ बैशाख २०८१, शनिबार 1715462953
Banner

टी–२० विश्वकप छनोट प्रतियोगिता : यूएईविरुद्धको खेलमा सन्दीपले लिए तेस्रो विकेट

काठमाडौं । टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका छन्।

पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो तेस्रो विकेट गुमाएको छ ।

उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका हुन् । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । यी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको छ ।