३० बैशाख २०८१, आईतवार 1715532156
खेलकुद

दशरथ रंगशालामा उडाइएको ड्रोनमा नेपाली सेनाको चासो

काठमाडौं । विश्वकप छनोट खेल लाइभका लागि उडाइएको ड्रोनमा नेपाली सेनाले चासो देखाएको छ ।
दशरथ रंगशालामा भएको विश्वकप छनोटको खेल लाइभ गर्न उडाइएको सो ड्रोनमा नेपाली सेनाले चासो लिएको हो ।

सैनिक मुख्यालयलाई जानकारीविनै ड्रोन उडाएको नेपाली सेना स्रोतले जनाएको छ ।

विश्वकप छनोटअन्तर्गत अक्टोबर १२ तारिखमा नेपाल र लाओसबीच दशरथ रंगशालामा भएको खेलको प्रत्यक्ष प्रसारणका क्रममा ड्रोन उडाइएको थियो ।