२९ बैशाख २०८१, शनिबार 1715450916
खेलकुद

एमाले काठमाडौं महानगर कमिटीले चंगा उडान प्रतियोगिता गर्ने, प्रथमलाई १५ हजार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौं महानगर कमिटीका महानगरस्तरीय जनसंगठनहरुको संयुक्त पहलमा महानगरस्तरीय चंगा उडान प्रतियोगिता हुने भएको छ ।

नेकपा एमाले काठमाडौं महानगर कमिटीको बैठकको निर्णयबमोजिम नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको को प्रमुख आतिथ्यमा भोलि अर्थात् आइतबार सो कार्यक्रम हुन लागेको हो ।

अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा विजया दशमी, दीपावली, नेपाल संवत ११४४ न्यूदँया भिन्तुना, नयाँ वर्ष तथा छठको अवसरमा चंगा उडान कार्यक्रम गर्न लागिएको नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा काठमाडौं महानगर इन्चार्ज रामेश्वर फुयालले जानकारी दिए ।

विगतमा चंगा र किसानको परम्परागत सांस्कृतिक सम्बन्ध रहेकाले सोलाई निरन्तरता दिन कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ छ ।

उपत्यकाका तीनवटै जिल्लावासीहरुलाई कार्यक्रममा सहभागिताका लागि उनले आह्वान पनि गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार पुरस्कार दिइनेछ ।

यस्ता छन्, चंगा चैट खेलका नियम
१. १०० जना मात्रै प्रतियोगीलाई सहभागी गराइने,
२. लट्टाइ र धागो आफैँले ल्याउनुपर्नेछ,
३. नाइनल र सिलिकनको धागो लैजान नपाइने
४. आयोजकले नै चंगा उपलब्धा गराउने, आफैँले ल्याएको चंगालाई मान्यता नदिने,
५. प्रतियोगीहरुको नाम र ठेगाना २७ गतेभित्र दिनुपर्ने,
६. प्रतिस्पर्धाका लागि समय १५ मिनेट मात्रै हुनेछ,
७. एक पटकमा १० प्रतियोगीहरुलाई मात्र सहभागी गराइने, जसबाट एकजना मात्रै छानिने,
८. छानिएकामध्येबाट अन्तिम राउन्ड चंग उडान गरिने ,
९. अन्ति प्रतिस्पर्धाबाट प्रथम, द्वितीय र तृतीय छनोट गरिने ।