२१ बैशाख २०८१, शुक्रबार 1714765344
Banner

तत्काल इजरायल भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा युद्ध रहेको बताउँदै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले यस्तो आग्रह गरेका हुन् ।

उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।

समितिमा मन्त्रालयका सचिव भरतराज पौड्यालले सामान्य अवस्थामा निधन भएका र युद्धमा मारिएकाहरूको शव ल्याउनका लागि फरक व्यवस्था रहेको बताए ।

इजरायलमा आतंककारी हमासले गरेको आक्रमणका कारण १५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । केही नेपालीहरुको पनि मृत्यु भएको छ । इजरायलमा मृत नेपालीहरुको शोकमा आज देशभर राष्ट्रिय झण्ड झुकाइएको छ ।