२५ बैशाख २०८१, मंगलवार 1715087547
Banner

राष्ट्रपतिबाट कैद सजाय मिनाह पाएका रिगलविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिग विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

राष्ट्रपतिबाट कैद सजाय मिनाहा भई रिहा भएका उनीविरुद्ध नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले अदालतमा रिट दायर गरेका हुन् । दायर रिटमा गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग रहेको छ ।
आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग रेकी छन् ।