६ जेष्ठ २०८१, आईतवार 1716155588
Banner

नेपालगञ्ज उपमहानगरपालिकामा हिंसा भड्किन नदिन मोबाइल नेटवर्क बन्द गर्न राप्रपाको आग्रह

काठमाडौं । राप्रपाका सांसद धवल शमशेर जबराले बाँकेको नेपालगञ्जमा हिंसा भड्किन नदिन तथा घटना तत्काल नियन्त्रणका लागि मोबाइल नेटवर्ट बन्द गर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठक विशेष समयमा बोल्दै उनले नेपालगञ्ज उपमहानगरपालिकोको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

‘सभामुख महोदय बाँकेको नेपालगञ्जमा कर्फ्यू लागेको छ । चाहे मधेसमा होस् वा कोशीमा होस् वा नेपालगञ्जमा भएका हिंसाका घटना होस् । हिंसालाई तत्काल नियन्त्रण गर्न सकारको ध्यानाकर्षण गराउँछु’, उनले भने, ‘देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्छु ।’

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच हिंसा भड्किन सक्ने देखिएकाले स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ ।

गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्‍याली आयोजना गरेको थियो ।