२५ बैशाख २०८१, मंगलवार 1715072231
Banner

डाक्टर तथा चिकित्सकहरु आन्दोलनमा

काठमाडौं । डक्टर एवं स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

विद्यालय विधेयकको नाममा अस्थायी शिक्षकको आन्दोलन जारी रहेका बेला चिकित्सकहरु डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइरहेका छन् भने केहीले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भएको थियो । यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।

दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो ।