४ जेष्ठ २०८१, शुक्रबार 1715956508
Banner

दाङमा खुकुरी प्रहारबाट एक जनाको हत्या, दुईजना घाईते

काठमाडौं । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ ।

शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको छ । त्यसैगरी खुकुरी प्रहारबाट अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

खुकुरी रहारबाट सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमलाकुमारी हमाल घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।