४ जेष्ठ २०८१, शुक्रबार 1715951692
खेलकुद

एसियाली खेलकुदमा ४५ देशका खेलाडीको सहभागिता, नेपालको झण्डा वीरबहादुर र नीमाले बोक्ने

काठमाडौं । एशियाली खेलकूद प्रतियोगिता नेपालसहित ४५ देशका १२ हजार खेलाडी प्रतिस्पर्धामा भाग लिएका छन् ।

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका चार देशबाहेक अन्य देशले सहभागी भएका हुन् । खेल आज साँझ ५ः४५ बजे उद्घाटन हुने भएको छ।

उद्घाटन समारोहमा विभिन्न देशका खेलाडीले मार्च पास गर्नेछन्। त्यसमा नेपालको झण्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी नीमा घर्तिमगरले बोक्नेछन् ।

प्रतिस्पर्धा गर्ने देशमा अफगानिस्तान, बहराइन, बाङ्लादेश, भूटान, ब्रुनाइ, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इन्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेशिया, मालदिभ्स, मङ्गोलिया र म्यान्मा छन्।

त्यस्तै, उत्तर कोरिया, ओमन, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया, ताजकिस्तान, थाइल्यान्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, यूएई, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

एशिका ४८ देशमध्ये युक्रेन, रुस, बेलारुस र इजरायल प्रतियोगितामा सहभागी छैनन्। अन्तर्राष्ट्रिय ओलम्पिकक कमिटी ९आइओसी० ले युक्रेनमा आक्रमण गरेकाले रुसलाई प्रतिबन्ध लगाएको छ।

त्यस्तै, रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आइओसीले प्रतिबन्ध लगाएको हो। विगतदेखि नै इजरायल एशियाली खेलकूद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ। रुससँगको युद्धका कारण युक्रेन पनि प्रतियोगितामा सहभागी भएको छैन।

चीनले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि सन् १९९० मा बेइजिङमा र सन् २०१० ग्वाङजाउमा एशियाली खेलकूद भएको थियो। सन् २०२२ मा आयोजना गर्ने तय गरिएको भए पनि कोभिड–१९ महामारीका कारण निर्धारित मितिमा हुन हुन सकेको थिएन।