४ जेष्ठ २०८१, शुक्रबार 1715963456
Banner

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी

काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार शुक्रबार राति बजारमा आगलागी भएको हो ।

राति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ ।