२१ बैशाख २०८१, शुक्रबार 1714728291
Banner

शिक्षक आन्दोलनमा सहभागी वैद्यनिकट कार्यकर्ता पक्राउ

काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनका क्रममा वैद्यनिकट विद्यार्थी संगठन कार्यकर्ता पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेका वैद्यनिकट १६ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ गरेका छन् ।प्रहरीले पक्राउ गरेपछि उनीहरुले नारावाजी गरेका थिए ।