२० बैशाख २०८१, बिहीबार 1714681995
Banner

संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिद्वारा रात्रिभोज आयोजना

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले रात्रिभोज आयोजना गरेका छन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्ने बताएका छन् ।

जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा चनाखो हुनुपर्ने उनको भनाइ छ ।

आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति छ ।

यस्तै, मन्त्रीहरुको पनि सहभागिता थियो ।

तर, यो सामग्री तयार पार्दासम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाहको उपस्थिति देखिएन ।