४ जेष्ठ २०८१, शुक्रबार 1715967494
Banner

एकीकरणका लागि माओवादीले बाबुरामको पार्टीलाई पत्र काटेपछि किन खैलाबैला ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीलाई पत्र काटेपछि सो पार्टीमा खैलाबैला भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र पठाएपछि बाबुराम भट्टराईको पार्टीमा खैलाबैला भएको हो ।

हाल सो पार्टीको अध्यक्ष डा. बाबुराम भट्टराई छन् ।

प्रतिनिधिसभाको चुनाव २०७९ मा बाबुराम भट्टराईको पार्टी र माओवादी केन्द्रको पार्टीबीच चुनावपछि एकीकरण हुने सहमति भएको थियो । तर, करिब एक वर्ष हुनै लाग्दासम्म दुई पार्टीबीच एकीकरणको सम्भावना देखिँदैन ।

एकीकरण गर्ने भन्दै बाबुराम भट्टराईले आफ्नो क्षेत्र गोरखा माओवादी केन्द्रलाई छाडेका थिए । उनको सहयोगीका रुपमा प्रस्तुत भएका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले हस्ताक्षर गरेको पत्रमा आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी पार्टीको नामबारे निर्णय लिनसक्ने माओवादी निर्णयबारे जानकारी दिइएको छ ।

यादव पक्षका नेताहरु माओवादीको पत्रलाई स्वभाविक मान्छन् । तर डा. भट्टराई पक्षका नेताहरुको भने चर्को असन्तुष्टि छ । नेताहरुका अनुसार प्रचण्ड र डा. बाबुराम भट्टराईबीच निर्वाचन लगतै खटपट सुरु भएको थियो ।

४ असारमा माओवादी सहितका दलले बनाएको समाजवादी मोर्चामा नेसपा नसमेटिएपछि भट्टराई रुष्ट बनेका छन् ।