९ जेष्ठ २०८१, बुधबार 1716363144
खेलकुद

एसियन गेम्स : नेपाल पुरुष भलिबलबाट बाहिरियो

काठमाडौं । एसियन गेम्समा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

आज भएको खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भयो । मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो ।

आजको हारसँगै नेपाल जितबिहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।