८ जेष्ठ २०८१, मंगलवार 1716328033
Banner

संविधानले दिएका अधिकार केन्द्रले दिनै चाहँदैन : मुख्यमन्त्री

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारकै कारण संघीयता फेल हुनसक्ने बताएका छन् ।

बुधबार संविधान दिवसको अवसरमा प्रदेश सरकारले जनचाहना अनुसार काम गर्न केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको बताउँदै उनले यस्तो बताएका हुन् ।

उनले संविधानले दिएका अधिकार पनि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिन नचाहेको आरोप लगाए ।

’संघीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ’, उनले भने, ’अधिकार बाँडफाँटमा संकुचित हुनुभएन । जे(जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’