८ जेष्ठ २०८१, मंगलवार 1716348451
Banner

देउवालाई सच्चिन कोइलालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् ।

शेखर कोइरालाले बुधबार सभापति देउवालाई भेटेरै यस्तो चेतावनी दिएका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।

शेखर–गगन पक्षको बैठकको भोलिपल्ट शेखरको यो चेतावनीलाई महत्वका साथ हेरिएको छ ।

देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए । यस्तै, भेटमा देउवाले परम्परागत जवाफ दिएको शेखर पक्षको भनाइ छ ।

प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिएका थिए । तर, महामन्त्री थापा भने देउवा निवासमा गएका थिएनन् ।

Tags :