३ जेष्ठ २०८१, बिहीबार 1715878829
Banner

आन्दोलनका नाममा विद्यालय बन्द अस्वीकार्य : महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द अस्वीकार्य हुने निर्णय गरेको छ ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेर देशभरका शिक्षकहरु प्रदर्शन गरिरहेका बेला महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको हो ।

तर, विद्यालय शिक्षा ऐनसम्बन्धमा आफ्नो असहत रहेको महानगरको भनाइ छ ।

यस्तै, बन्दका नाममा विद्यालय बन्द गरे प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।