३ जेष्ठ २०८१, बिहीबार 1715923144
Banner

शिक्षकहरुको आन्दोलनका कारण उपत्यकाको ट्राफिक जाम अस्तव्यस्त

काठमाडौं । काठमाडौं उपत्यकामा शिक्षकहरुको आन्दोलनका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

मंगलबार माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो ।

ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन गरेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको छ ।

सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् ।

Tags :