८ जेष्ठ २०८१, मंगलवार 1716345302
Banner

रत्नपार्क सूर्यविनायक द्रूत बस सेवा सुरु

काठमाडौं । संविधानको दिवसको अवसारमा काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु भएको छ ।

सरकारले संविधान दिवसको अवसर पारेर पहिलोपटक काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको सुरुवात गरेका हुन् । द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने छ । यद्यपि बसले भोलिदेखि मात्र सेवामा द्रुत सेवाका बस चल्नेछन् ।

उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् ।

Tags :