८ जेष्ठ २०८१, मंगलवार 1716316915
Banner

तीनकुने सामूहिक हत्या प्रकरण : चारजनाकै हत्या गरेको आरोपितको स्वीकारोक्ति

काठमाडौं । तीनकुने सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले आफूले घटना घटाएको स्वीकारेका छन् ।

प्रहरीका अनुसार बोल्न नसक्ने उनले कागजमा सांकेतिक भाषामा र लेखेर संवाद गरेका हुन् ।

उनले कागजमा ‘आइ किल्ड फोर पिपुल’ भनेर लेखेका छन् । आरोपित राईले आफू दुईवटा खुकुरी बोकेर नवीन राईको हत्या गर्न गएको बयान दिएका छन् ।

आफूलाई नविन राईले हाँकेको मोटरसाइकलले ठक्कर दिएको आरोपीले बताएका छन् । तर, नविनले बाइक चलाउने नगरेको अनुसन्धानबाट खुलेको छ ।

दीपेन्द्र सःमिलमा आएको देखेपछि आरोपी फाल हालेर भागेका थिए ।

Tags :