५ जेष्ठ २०८१, शनिबार 1716049609
Banner

तीनकुने सामूहिक हत्या प्रकरण : थप एकजना पक्राउ

काठमाडौं । तीनकुने सामूहिक हत्या घटनामा संलग्न भएको आशंकामा नेपाल प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा अर्का व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनी सीसीटिभी फुटेजमा समेत पहिचान भएका छन् ।

हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका यी व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा पहिचान भएका थिए । उनी रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ ।

Tags :