८ जेष्ठ २०८१, मंगलवार 1716340284
Banner

‘समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुनरसिंह केसीले समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् ।

आइतबार त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको १७ औँ ‘सिपिडिएस डे’ को अवसरमा ‘शान्ति स्थापनामा तल्लो तह’ नामक विषयमा आफ्नो धारणा राख्दै केसीले यस्तो बताएका हुन् ।

राजनीतिक दलहरुप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचार र सामाजिक द्वन्द्व समेत फैलिएकाले सो नियन्त्रणका लागि आवश्यक कदम चाल्न उनले अनुरोधसमेत गरे ।

‘अहिले सम्पूर्ण राजनीतिक दलहरुप्रति एकपछि अर्को वितृष्णा पैदा भइरहेको छ । हामी सुशासनको कुरा गछौँ । भ्रष्टाचारविहिन समाजमा मात्र सुशासन सम्भव छ । जहाँ भ्रष्टाचारले व्यप्त समाजमा सुशासन कायम हुुन सक्दैन । अहिले चारैतिर भ्रष्टाचार र सामाजिक द्धन्द समाजमा फैलाउन खोजिन थालेको छ’ उनले भने, ‘सरकार के हेरेर बसेको छ ।’

बन्दुक पड्काउनुमात्रै द्वन्द्व नभएको बताउँदै उनले अहिले समाजमा बहसको सट्टा विवाद, लोकतान्त्रिकरणको सट्टा समग्र राजनीतिककरण, स्वतन्त्रताको नाममा अराजकता, उदारताको नाममा दण्डबिहिनताको अवस्था सिर्जना भएको बताए ।

उनले काठमाडौं महानगर पालिकाका प्रमुख बालेन शाहलाई लक्षित गर्दै भने, ‘जुनसुकै पदमा बसोस् जति ठूलो मान्छे होस् सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा ४/५ लाखले लाइक गर्ने समाज हामी कतातिर जाँदै छौँ। यो अराजकतातिर त जान लागेका हैनौँ। हामी कता जाँदैछौं। अहिले राजनीतिक दलहरूप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्था छ।

Tags :