८ जेष्ठ २०८१, मंगलवार 1716311754
Banner

पूर्व–पश्चिम राजमार्गमा विष्फोटक पदार्थ विष्फोट

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक किनारमा विष्फोटक पदार्थ विष्फोट हुँदा राजमार्गको आधा खण्ड उडेको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँनजिकै विष्फोट भएको हो । सुरक्षा टोलीले उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान गरेको छ ।

सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विष्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार विष्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको छ ।

Tags :