२ जेष्ठ २०८१, बुधबार 1715788708
Banner

नेम्वाङको निधनमा एमालेका सवै कार्यक्रम स्थगित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा एमालेले पुर्व निर्धारित सवै कार्यक्रम स्थगित गरेको छ ।

नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले संसदीय दलका उपनेता नेम्बाङ्गको निधनमा पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।

नेवाङ्गको पार्थिव शरीरलाई अहिले बिहान ९ बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने उनको भनाइ छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको हृदयघात भएपछि गए राति निधन भएको थियो ।