५ जेष्ठ २०८१, शनिबार 1716083011
Banner

सिन्धुपाल्चोकको जुरेमा पुन: खस्यो पहिरो

काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा पुनः पहिरो गएको छ।

काठमाडौं । बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिकाको सिमानामा सुख्खा पहिरो खसेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार सो ठाउँमा सोमबार बिहान पहिरो खसेको हो । ‘आज बिहान पहिरो खसेको हो। अरू कुनै प्रकारको क्षति भएको छैन,’ उनले भने।

सो ठाउँमा २०७१ साउन १७ गते पनि पहिरो गएको थियो। साविक राम्चे र मांखा गाविसको सिमानामा पर्ने इटनीको भीर खस्दा सुनकोशी नदी १८ घन्टा थुनिएको थियो।

जुरेको त्यस पहिरोमा एउटा गाउँ नै परेको थियो। पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भएको थियो। पहिरोमा बेपत्ता भएका १ सय २३ जना नभेटिएपछि सरकारले सबैलाई मृत घोषणा गरेको थियो।

Tags :