५ जेष्ठ २०८१, शनिबार 1716083256
Banner

यसअघि रोकिएको समाजवादी मोर्चाको सन्देशसभा मंगलबार हुने

काठमाडौं । यसअघि समाजवादी मोर्चाको प्रदेशअन्तर्गत सुदूरपश्चिम प्रदेशमा यसअघि स्थगित सन्देश सभा मंगलबार हुने भएको छ ।

भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भए रोकिएको सो सभा मंगलबार अर्थात् भोलि हुन लागेको हो ।

एमसीसी कार्यान्वयनको विषयलाई लिएर मोर्चामा गढबडी आएको थियो । एमसीसीको विरोध गर्दै मोर्चाका सक्रिय नेता नेत्रविक्रम चन्द फड्किएका थिए । तर, उनी भड्किए पनि एमसीसी कार्यान्वयन भएको छ ।

जिल्ला तहसम्म संगठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देशसभा गर्दै आएको छ । सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।

‘धनगढीमा स्थगित भएको सन्देश सभा २६ गते गर्ने सहमति भएको छ । त्यसपछि चार दलको बैठक बसेर बाँकी कार्यक्रम घोषणा हुनेछ’, उनले भने । राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा गर्दै राष्ट्रिय एजेण्डामा साझा मुद्दा बनाएर मोर्चाले कार्यक्रम गर्दै आएको छ ।

Tags :