२१ बैशाख २०८१, शुक्रबार 1714763202
Banner

एमालेले एकैदिन कोशी प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्ने

काठमाडौं । नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनका लागि सातै प्रदेशमा एकै दिन प्रतिनिधि छनोट गर्ने भएको छ ।
आइतबार बसेको प्रदेश कमिटी बैठकले असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटी सहसचिव शैलेश लामाले असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट जानकारी दिए । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि आउने उनले बताए ।

एमालेले एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जनाबराबर एक र त्यसभन्दा बढी भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ । लामाका अनुसार सबै पालिकाबाट गरी प्रदेश अधिवेशनमा एक हजारदेखि ११ सय जनासम्म प्रतिनिधि आउनेछन् ।