१७ बैशाख २०८१, सोमबार 1714404677
Banner

रक्षामन्त्रालयमा कांग्रेसका मन्त्रीहरुबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री, सभापति शेरबहादुर देउवा र गृहमन्त्रीको छलफल चलिरहेका बेला एक्कासी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेस ८ जना मन्त्रीबीच सामूहिक छलफल भएको हो ।

आजै बसेको सर्वदलीय बैठक भोलि बस्नेगरी विनानिष्कर्ष टुंगिएको थियो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व भइरहेको छलफलमा कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य सहभागी छन् ।

एक मन्त्रीका अनुसार समसामयिक राजनीतिक विषय र कानुन निर्णयका विषयमा छलफल केन्द्रित छ ।

Tags :